१ कार्तिक २०८३, आइतबार

प्रशंसा यु–९ गर्ल्स सिंगल्स च्याम्पियन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । प्रिमियर इन्टरनेसनल स्कुलकी प्रशंसा मोक्तानले १० औं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–९ गर्ल्स सिंगल्सको उपाधि शनिबार जितेकी छन् ।

फाइनलमा प्रशंसाले सेन्ट मेरिजकी सुनिरा थापालाई ४–२ र ४–१ को सोझो सेटमा पराजित गरिन् ।

सोही स्पर्धाको ब्वाइजमा आयोजक लिटिल एन्जल्स स्कुल (एलए) का सक्षमविक्रम शाहले एलएका आयुश राईलाई ४–१ र ४–० तथा जोन डेवीका आयुशमानहजुर घलेले नेपाल पुलिस स्कुलका स्लोक खड्कालाई ४–२ र ४–१ को सीधा सेटमा हराउदै फाइनलमा स्थान पक्का गरे ।

यु–१२ गल्र्स सिंगल्समा एसकी रायना शाहले एलएकी शुभाङ्गीलक्ष्मी शाहलाई ६–२ र ६–१ तथा सेन्ट जेभियर्सकी ईशाश्री शाहले रातो बंगलाकी सर्भानी श्रेष्ठलाई ६–० र ६–३ को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।

उक्त स्पर्धाको ब्वाइजमा पुलिस स्कुलका चिराग तिमल्सिना र निश्चल अधिकारी, विश्व निकेतनका प्रीतम परियार तथा अक्षराका आदित्य सुवेदी सेमिफाइनलमा पुगे ।

यु–१० ब्वाइज सिंगल्समा काष्ठमण्डप विद्यालयका प्रणव मानन्धर, एआईए टेनिस एकेडेमीका जन्दिप गिरी, पुलिस स्कुलका मन्थन जोशी, जोन डेवीका आयुशमानहजुर घले, केन्द्रीय विद्यालयका राजवीर प्रधान, युनाइटेड एकेडेमीका श्रीयोग अधिकारी, पुलिस स्कुलका प्रसिद्ध बस्नेत र एलएका सक्षमविक्रम शाह क्वाटरफाइनलमा प्रवेश गरे ।

सोही स्पर्धाको गर्ल्समा सेन्ट मेरिजकी इभा अधिकारी, लोयल्टी एकेडेमीकी रोशनी लिम्बू, प्रिमियरकी प्रशंसा मोक्तान र मल्पी सिटीकी समृद्धि श्रेष्ठ सेमिफाइनलमा पुग्न सफल भए ।