१ कार्तिक २०८३, आइतबार

हेम्स र चाँदबाग च्याम्पियन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । हेम्स र चाँदबागले वाइ वाइ प्याब्सन मध्य क्षेत्रीय कप आठौं अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । नकआउट प्रतियोगितामा हेम्स ब्वाइज तथा चाँदबाग गल्र्समा च्याम्पियन बने ।

नक्सालस्थित काठमाडौं इङलिस स्कुल (केईएस) को कोर्टमा भएको ब्वाइज फाइनलमा हेम्सले केईएसलाई ३६–२१ ले पराजित ग-यो । तेश्रो स्थानका लागि भएको खेलमा एसियन पब्लिकले स्पाङ्गेललाई ५३–२९ ले हरायो ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा पनि चाँदबागले केईएसलाई नै १४–१० ले पाखा लगायो ।

ब्वाइजमा विजेता बनेको हेम्स गल्र्समा भने तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । हेम्सले स्पाङ्गेलमाथि २९–१४ को जित दर्ता ग-यो ।

ब्वाइजमा एसियनका मनीष केसी र गल्र्समा केईएसकी जिया थापा उदीयमान खेलाडी घोषित भए । ब्वाइजमा केईएसका यकेन्द्र शाही र गल्र्समा चाँदबागकी आयुषा कुँवर प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । प्रतियोगिताभर यकेन्द्रले ७८ तथा आयुशाले ४७ स्कोर गरे ।

विजेतालाई दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, प्याब्सन उपत्यका प्रदेश विशेष कमिटीका अध्यक्ष थकिनकुमार गुरुङ, आयोजक प्याब्सन मध्य क्षेत्रीयका अध्यक्ष गगनसिंह ऐर, प्याब्सन मध्य क्षेत्रीयका प्रमुख सल्लाहकार सुकुमार थपलिया, प्रतियोगिता संयोजक एवं केईएसका अध्यक्ष ईश्वर पुडासैनीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ६ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २० र गल्र्समा १५ गरी ३५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।