ओमान । विश्वभर छरिएर रहेका प्रगतिशील, जनवादी तथा देशभक्त नेपालीहरूको साझा संगठन प्रवासी नेपाली मञ्च अन्तर्गत ओमानमा रहेको प्रवासी नेपाली मञ्च ओमानले संगठन बिस्तार गर्ने क्रममा रूसेल क्षेत्रीय कमिटीको गठन गरेको छ ।
प्रवासी नेपाली मञ्च ओमानको रूसेल क्षेत्रीय कमिटी प्रवासी नेपाली मञ्च ओमान राष्ट्रिय कमिटीका अध्यक्ष गगन कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा लीलानाथ कोइराला र रामहरि गिरी, महासचिव सोमकृष्ण श्रेष्ठ, सचिब बिष्णु चौलागाईं रहेका छन् ।
सदस्यहरूमा आशिष बिश्वकर्मा, अर्जुन थापा, शिवबहादुर परियार, धनबहादुर बाब्ली, लीलाबहादुर घर्ती, भरत बिकलगायत रहेका छन् ।















प्रतिक्रिया