१० मंसिर २०८३, बिहिबार

एमालेले किन बोलायो स्थायी कमिटीको आकस्मिक बैठक ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौ, १० भदौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटीको आकस्मिक बैठक आह्वान गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणको समिक्षासहित पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आकस्मिक बैठक बस्न लागेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिले केहीबेरमा बस्ने बैठकले प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको क्रममा दिएको अभिब्यक्ति र भ्रमणका क्रममा भएका सम्झौताको विषयमा समिक्षा गरेर आफ्नो धारणा सार्वजनिक गर्नेछ ।

स्रोतका अनुसार स्थायी कमिटीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति र राष्ट्रहित विपरितको उच्च बाँध बनाउने सम्झौतालाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गर्नसक्ने सम्भावना छ ।