काठमाडौं, १० भदौ । महिन्द्राका युटिलिटि भेइकल्सका लागि अग्नि ग्रुपले आफ्नो आधिकारिक सर्भिस सेन्टरका रुपमा नुवाकोटको बट्टारमा रहेको उत्सुक अटोमोबाइल्स् प्रा.लि.लाई नियुक्त गरेको छ ।
उक्त सर्भिस सेन्टरको समुद्घाटन विदुर नगरपालिकाका मेयर सन्जु पण्डित तथा उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीद्वारा गरिएको थियो ।
नयाँ स्थापना गरिएको सर्भिस सेन्टरबाट महिन्द्रा युटिलिटि भेइकल्सहरुको सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । अग्नि ग्रुपको मुख्य उद्देश्य भनेकै ग्राहकहरुलाई सहज एवं गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ साथै उक्त सर्भिस सेन्टरले नुवाकोट तथा तथा आसपासका बासिन्दाहरुलाई न्यूनतम मूल्यमा विश्वस्तरीय सेवा तथा सुविधा पाउनुहुने विश्वास कम्पनीले लिएको छ ।

















प्रतिक्रिया