४ कार्तिक २०८३, बुधबार

सिप्रदीयन सहायता संस्थाद्धारा रौतहट, सप्तरी र बर्दियाका बाढी पीडितलाई खाद्यन्न वितरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । सिप्रदीयन सहायता संस्थाले रौतहट, सप्तरी र बर्दियाका बाढी पीडितलाई राहत सामाग्री अन्तर्गत खाद्यान्न वितरण गरेको छ । उक्त संस्थाले रौतहट, सप्तरी, बर्दिया जिल्लाका एक सय ७५ बाढीपीडित घरधुुरीलाई दैनिक उपभोग्य सामाग्री बितरण गरेको हो ।

संस्थाका अनुसार स्थानीय समाजसेवी डिके झा, स्थानीय प्रहरी र जिल्ला प्रशासन कार्यालय रौतहट समेतको रोहवरमा प्रति परिवार २५ केजी चामल, तीन केजी दाल, तीन केजी चिउरा, १२ लिटर पानी, एक केजी नुुन, आधा लिटर खाने तेल, पाँच प्याकेट चाउचाउ र एक प्याकेट मसला बितरण गरिएको हो ।

यसरी एक सय ७५ घर परिवारमा वितरण गरिएको कुुल खाद्य सामाग्रीमा एक सय ७५ बोरा चामल, एक सय ७५ प्याकेट दाल, एक सय ७५ प्याकेट चिउरा, एक सय ७५ कार्टुुन पानी, १९ कार्टुुन चाउचाउ, एक सय ७५ प्याकेट नुुन, आधा लिटरको एक सय ७५ प्याकेट खाने तेल र एक सय ७५ प्याकेट मसला रहेको कम्पनीले जानकारी दिएको छ । सस्ंथाकाअनुसार रौतहटमा मात्र तीन लाख  ९४ हजार आठ सय ३७  रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरिएको हो ।

संस्थाको ईटहरी शाखाको तर्फबाट पनिसप्तरी र केराबारी क्षेत्रका तीन सय १७ घरधुरीलाई पनि सात लाख ५५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरेको कम्पनीले जानकारी दिएको छ । सस्ंथाकाअनुसार ईटहरी वडा नम्वर तीनका ७५ घरधुरीलाई भाँडाकुुंडा, ईटहरीकै वडा नम्वर १७ र १९ का २७ परिवालाई भाडाँकुुडा र केराबारीका ५० परिवारलाई भाँडाकुुंडा बितरण गरिएको हो भने सप्तरीको एक सय ६५ परिवारलाई खाद्य सामाग्री बितरण गरिएको हो । संस्थाले नेपालगञ्ज शाखाको तर्फबाट पनि बर्दियाका एक सय ३८ परिवारलाई तीन लाख २२ हजार चार सय ८५ रुपैयाँ बराबरको खाद्य सामाग्री बितरण गरिएको छ ।

संस्थाका अनुसार प्रतिपरिवार २० केजी चामल, तीन केजी दाल, दुुई केजी चिउरा, दुुई केजी चिनी, एक प्याकेट नुुन, दुुई लिटर खाने तेल र पानीसमेत बितरण गरिएको हो । सिप्रदीयन सहायता संस्था, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालित छ ।