१ कार्तिक २०८३, आइतबार

नेपाल–भियतनाम व्यापारबारे छलफल, राहदानी प्रक्रिया सरलीकरण गर्न चेम्बरको आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंँ, ९ भदौ । नेपालका लागि भियतनामका वाणिज्यदूत राजेशकाजी श्रेष्ठ तथा नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष दिपक मल्होत्रासहितको व्यापारिक प्रतिनिधि मण्डलले भियतनामका राजदूत टोन सिन्ह थान्हसँग भेट गरी नेपाल–भियतनाम आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तारका विषयमा कुराकानी गरेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा भएको छलफलका क्रममा वाणिज्यदूत श्रेष्ठले आगामी दिनमा दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सुदृढ गर्न व्यापारिक प्रतिनिधि मण्डलको भ्रमणलाई प्राथमिकता दिनुपर्ने तथा राहदानी प्रक्रिया सरलीकरणका विषयमा छलफल भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल– भियतनाम चेम्बर अफ कमर्सका अध्यक्ष मल्होत्राले नेपालमा कृषि, पर्यटन, सूचना प्रविधि आदिमा लगानी विस्तारका लागि राजदूत थान्हसँग आग्रह गर्नुभयो ।

भेटघाटमा राजदूत थान्हले दुई देशबीचको सम्बन्धलाई मजवुत बनाउन, पर्यटन विस्तार तथा व्यापार वृद्धिका लागि संघसँग समन्वय गरी कार्य गर्ने बताउनुभयो । उक्त छलफलमा संघबाट नरेश श्रेष्ठ, लोकमान्य गोल्छा, शिवजी राय यादवलगायतको उपस्थिति रहेको थियो । रासस