काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ताज मकवानपुरकी रुपा लामाले जितेकी छन् ।
बुधबार सम्पन्न काठमाडौंस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ग्रेण्ड फिनालीमा १४ प्रतिस्पर्धीलार्इ पछि पार्दै प्रतियोगिता नं। ८ का रूपाले उपाधि जित्न सफल भएको हो ।
त्यस्तै गरि पुथ्वीनगर झापाका बन्दना लामा मोक्तान फस्टरनरअप भइन् भने काभ्रेका संगीता तामाङ र सरिता लामा दोङ सेकेन्ड र थर्ड रनरअपको उपाधि जितिन् ।
मिस हेरिटेज क्वीन विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार प्रदान गरिएको छ । यसका साथै विभिन्न विधाका टाइटलहरुको उपाधि पनि दिएको छ ।
प्रतियोगितालार्इ काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो । बिशेष अतिथि चलचित्र विकास बोर्डका सदस्य बरिष्ठ अभिनेता उत्तम केसी लगायत अतिथिहरू रहेको थियो ।
ग्रेण्ड फिनालीको निर्णायकहरु गोरखापत्र दैनिकका बरिष्ठ पत्रकार दिपक श्रेष्ठ, मिलाप मासिकका प्रधानसम्पादक कृष्ण भुसाल , अभिनेत्री राधा लम्साल, नायक गजित विष्ट, आर्टिष्ट नेपालका राजेन्द्र लुइँटेल र मोडल तथा नायिका रश्मि लामा रहनु भएको थियो ।
प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारी रुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले पहिलो पटक यसबर्षबाट मिस हेरिटेज क्वीन-२०१७ सुरु गरेको हो ।
आयोजक संस्थाको अध्यक्ष रवि लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलाकारहरु रक गायिका सरस्वती लामा, राधा थोक्रा, बुद्ध लामा घिसिङ, एस के समुह, भुवन लामा, सन्तोषी गुरुङ र हरिसा बानिया ९भुनिया० लगायत रहेका थिए ।
कार्यक्रमलार्इ कोरियोग्रफर रोजिन शाक्य र संचारकर्मी बनु लोप्चनले संचालन गरेको थियो ।
















प्रतिक्रिया