१० मंसिर २०८३, बिहिबार

नेपाल–चीन सीमामा भूकम्पको धक्का, सिन्धुपाल्चोक हल्लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेपाल–चीन सीमा क्षेत्रमा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहीवार अपराह्न ४ बजेर ८ मिनेटमा सिन्धुपाल्चोक र तिब्बत बोर्डर अन्तर्गत पर्ने नेपाल र चीनको सीमा क्षेत्रमा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा र आसपासका जिल्लामा समेत महसुस गरिएको केन्द्रले जनाएको छ ।

यसअघि सोमबार पनि दोलखा केन्द्रविन्दू भएर ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको थियो ।