काठमाडौं, ८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
आयोगले पशुपति सम्शेर राणा समूहको नयाँ दल राप्रपा (प्रजातान्त्रिक)लाई मान्यता दिँदै दल दर्ता गर्न पत्रचार गरेपछि यो निर्णयविरुद्ध कम थापा नेतृत्वको राप्रपा अदालत जान लागेको हो ।
प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा ‘निर्वाचन आयोगले राप्रपा विभाजन गर्ने सम्बन्धमा गरेको निर्णय त्रुटिपूर्ण एवं कानूनसम्मत नरहेकाले उक्त निर्णयको विरुद्धमा कानूनी उपचारको लागि अदालत जाने निर्णय पार्टीले गरेको छ’ भन्ने उल्लेख गरिएको छ ।













प्रतिक्रिया