काठमाडौं, ८ भदौ । सरकारले तराईमा सेना परिचालन गर्ने स्वीकृत पाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई स्वीकृति प्रदान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा स्थानीय तह सुरक्षा योजना ०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरिएको उल्लेख छ ।
स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना र अन्य सुरक्षा निकायहरुलाई एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्ने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्रीले सेना परिचालनका निम्ति राष्ट्रपतिसमक्ष यही भदौ ५ गते सिफारिस गरेका थिए ।
यससँगै सरकारलाई सेना परिचालन गर्न बाटो खुलेको छ । रक्षा मन्त्रालयले भोलिदेखि नै तराईमा सेना खटिने जनाएको छ ।












प्रतिक्रिया