१० मंसिर २०८३, बिहिबार

देउवाले मोदीलाई दिए अनौठो बचन, एमालेले पूरा गर्न देला ?

27.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ८ भदौ । पाँच दिने भारत भ्रमणमा क्रममा दिल्लीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई संविधान संशोधन गर्ने बचन दिनुभएको छ ।

हैदरावाद हाउसबाट संयुक्त वक्तव्य बाचन गर्ने क्रममा देउवाले दुई तिहाई बहमुत नपुग्दा विधेयक फेल भई अहिले संशोधन गर्न नसकिएको जानकारी गराउँदै भविश्यमा बहुमतसहित संशोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

सम्बोधनका क्रममा प्रम देउवाले संविधान संशोधन नभएपनि राजपासहितका मधेकेन्द्रीत दलले चुनावमा भाग लिने समेत स्पष्ट पार्नुभयो ।

प्रम देउवाले भारतीय समकक्षीसँग बहुमत ल्याएर संविधान संशोधन गर्छु भनेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले र सरकार बाहिर रहेको राप्रपाविना बहुमत पुग्दैन् । के अब एमालेले संशोधनमा साथ देला यहाँनेर प्रश्न खडा भएको छ । आजको दिनसम्म एमाले संशोधन विधेयक राष्ट्रहितमा नभएको भन्दै विपक्षमा छ ।