१० मंसिर २०८३, बिहिबार

देउवाले भारतसँग गरे ८ बुँदे सम्झौता, के के छन् ?

14.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत सरकारसँग ८ बुँदे सम्झौता गरेका छन् ।

५ दिने भ्रमणका क्रममा दिल्लीमा रहेका प्रम देउवाले विहिबार भारतीय प्रधानमन्त्री कार्यालय हैदराबाद हाउसमा द्विपक्षीय वार्तापछि भारतसँग ८ वटा विषयमा सम्झौता गरेका हुन् ।

उक्त सम्झौता/समझदारी पत्रमा नेपाल र भारतका अधिकारीले हस्ताक्षर गरेका छन् । त्यसअघि देउवा र मोदीबीच ‘वान टु वान’ वार्ता भएको थियो ।

के के सम्झौता भयो ?

नेपाल र भारतबीच आज भएका सम्झौतामा पुनर्निर्माणसम्बन्धी ४ वटामा एक नम्बरमा भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्बको प्रयोगबारे समझदारी, दुई नम्बरमा स्वास्थ्य, तीनमा शिक्षा र चारमा पुरातात्विक सम्पदा पुननिर्माण सम्बन्धी रहेको छ । यी चार समझदारीका लागि भारतले २५० विलियन अर्थात २ खर्ब २० अर्ब दिनेछ ।

त्यस्तै, मेची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्बन्धी चार विषयमा पनि नेपाल र भारतबीच समझदारी भएको छ ।