२ कार्तिक २०८३, सोमबार

देउवाज्यू ! बाँध र साँधबारे बोल्ने कि ओहदाको प्रमाणपत्र बुझाउन भारत जाने?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सरगम भट्टराई 

मलाई एकजना अमेरिकन साथीले चासो पूर्वक सोध्यो, ” ह्वेन यु गाईज सेलिब्रिट योर फ्रिडम डे?”

मैले शिर ठाडो पारेर गर्वका साथ भनेँ,” वि नेभर ह्याड ए फ्रिडम डे बिकज वि नेभर सरेन्डर्ड विद एनिबडी ईन दि हिस्ट्री एण्ड वि आर दि वन्ली वन, हू ह्याज नोफ्रिडम डे!” अर्थात हाम्रो कुनै स्वतन्त्रता दिवस थिएन किनकी हामीले ईतिहाँसमा कसैसंग आत्मसमर्पण गरेनौँ।

अमेरिकी साथी दंग पर्यो, म संग कुरा अगाडि बढ्दै गर्दा उसले आफ्नो स्मार्टफोनमा गुगल गरिहाल्यो र भन्यो,” ह्वाई यु गाईज आर हेयर फर?

मेरो अघि सम्मको ठाडो शिर लाजले निहुरियो, मैले मेरो देशको कमजोर र भ्रष्ट राजनीति बारे उसलाई बताउन चाहिन।प्रसंगलाई तोडमतोड गरेर नेपालकाप्रकृति र ईतिहाँसका बारेमा थप जान्न म संग भएको एउटा किताब Lonely Planet Publications को Trekking in the Nepal Himalaya हातमा थमाईदिएँ रभनेँ ‘ लेट मि गेट ईट ब्याक ह्वेन यु रिड ईट!

गोरे साथीले हार्दिकताका साथ ‘स्योर थ्याङ्क यु’ भन्यो र आफ्नो बाटो लाग्यो।

एका एक मेरो तन्द्रा भंग भयो, मोवाईलको स्कृन स्क्रोल गर्दै हेरेँ, देउवाज्यूले आफ्नै पूरानो मन्त्री मण्डललाई माथ गरेर ५० सदस्यीय मन्त्रीमण्डल गठनगरिसक्दा पनि चारवटा मन्त्रालय उनी आफै संग रहेछन्।

नेपाल खबर अनलाईनले एउटा समाचार लेख्यो: थपिएका मन्त्रालयबाट मासिक दश करोड राज्यलाई भार पर्नेछ।

त्यस्तै अर्को समाचार थियो, दुई रोपनी जग्गामा अपार्टमेन्टको प्रयोजनका लागि भनेर बनेको भवन कसैले नकिनेपछि त्यसैमा अस्पत्ताल राखिएकोसुनसान काठमांडौ नेशल मेडिकल कलेजलाई त्रि.वि.ले सम्बन्धन दिएछ, जतिबेला उपत्यकामा हैन थप मेडिकल कलेजहरु दूर दराजमा मात्र खोलिनुपर्छभनेर डाक्टर गोबिन्द के.सी.ले एघारौँ पटक सत्याग्रह गरेको तीन दिन भैसकेको थियो।

बाढी पहिरोले पूर्वी नेपालको तराई क्षेत्र र नवलपरासी, बाँके र बर्दियामा सयौँको मृत्यु र हजारौँ मान्छे घर बार बिहीन भएका थिए।

भ्रष्टाचारका समाचार नभएका कुनै अनलाईन पोर्टलहरु थिएनन्।

संबिधान संशोधन प्रस्ताव दुई तिहाई नपुगेर फ़ेल भएको थियो, संसदमा बिचाराधीनस्वास्थ्य शिक्षा बिधेयक ज्यूँ का त्यूँ थियो, अरु यस्ता धेरै समाचारहरुले देशको दुर्बलतालाई जोड़तोड़ले प्रचार प्रसार गरिरहेका थिए। पत्रकारहरु दलकोअलिखित  ब्यानरमा चुनाव लडिरहेका थिए।

संयोग नै मान्नु पर्छ: तीजको दर खाने दिन प्रधानमन्त्रीको भारत भ्रमणको साईत जुरेपछि देउवाज्यू ठूलो दलबलका साथ प्रधानमंत्री बन्ना साथ सबैले गर्दैआएको त्यसतर्फको भ्रमणमा जानुभयो, जति वेला भारतकै हेपाहा प्रबृर्तिले सीमा क्षेत्रमा बनाईएका बाँध, बाटो र अन्य संरचनाले गर्दा हप्तौँ सम्म डुबेकोजमिनमा बाँचेका मान्छेहरु बिभिन्न महामारीको सामना गरिरहेका थिए, राहतको काम प्रभावकारी भएकै थिएन।

नेपालको ईतिहाँसमा जति जति प्रधानमन्त्रीहरु भारत भ्रमणमा गएका छन् कुनै न कुनै रुपमा देशलाई दीर्घकालीन रुपमा घाटा हुने सन्धि सम्झौता आदि गरेर आएका छन्। सन् १९५० को असमान सन्धि देखि कोशी,गण्डक र महाकाली आदि सन्धिहरुबाट नेपाल नराम्ररी ठगिएको छ। सामान्य आर्थिक सहयोगको ललिपप देखाएर भारतले हाम्रा सामरिक महत्वका क्षेत्रहरुमा हस्तक्षेप गरिरहेको छ। त्यस माथि देशका सबै जसो ठूला साना दलहरु भारतकै ग्राण्ड डिजाइन अनुसार चल्छन्। नेपालको सत्ताको वास्तविक साँचो भारतसंग नै छ भन्ने कुरा चारै तिर प्रष्ट छ।

भारतका नागरिकसंग हाम्रो रोटी बेटीको सम्बन्ध छ, हाम्रा अवसर, चुनौति र सम्भावना तथा सम्बेदनाहरु पनि मिल्छन। हाम्रो देश बर्षौ देखि कसैको ग़ुलाम हुनुपरेन। भूगोलको रुपमा सानो भए पनि एउटा स्वतन्त्र राष्ट्रको रुपमा हाम्रो ईज्जत छ र हुनुपर्छ।

तर हामी हाम्रै राजनैतिक नेताहरुकै कारणले हाम्रो गौरवको ईतिहाँस हाम्रो वर्तमान संग बिरोधाभास भएको टुलुटुलु हेरिरहेका छौ।ईन्धन देखि सियो सम्म हामीले भारतबाटै आयात गर्छौ तर पनि स्वाभिमानका आधार तयार गर्न भन्दा राजनैतिक सेन्टिमेन्ट हासिल गर्न मात्र लिप्त छौँ।

भारतले बिगतमा क्रुर तरीकाले नाकावन्दी लगाएपछि देशमा स्वाभिमान बारे धेरै बहस भए। एकथरी बिश्लेषकहरु भारतको अगाडि लम्पसार पर्ने र देशका हरेक पक्षमा भारतको सदाशयता देख्न चाहनेहरु र अर्को थरी सतही रुपमा भारतको बिरोध गरी जनताको सेन्टीमेन्ट हात पार्नेहरु।

भारतको अघि लम्पसार पर्नु भन्दा अन्तराष्ट्रिय मन्चमा आफ्ना हक़ हितका कुरा राख्नु र देशमा स्वाभिमानका सूचकहरु बृद्दि गर्नु निश्चय पनि राम्रो हो तर बिरोध चाहिँ गर्ने काम चाहिँ सुको नगर्ने र गर्न नदिने अवस्थाले नेपाल भारत सम्बन्ध अझ जटील बन्दै गईरहेको छ। दुबै खाले अतिवादी सोँचबाट मुलुकलाई बचाउनु र समृद्द नेपाल बनाउनु आजको बिशेष आवश्यकता हो।

१९५० लगायतका सबै असमान सन्धि सम्झौताको पूनरावलोकन ,हजारौ हेक्टर सिमाना मिचिएका बिवाद,बाँध र नयाँ समस्याका रुपमा दोहोरो नागरिकता,खुला सिमा,सुपुर्दुगी सन्धि असन्तुलित बजार जस्ता थुप्रै मुद्दाहरु बारे बोल्दै नवोल्ने र केवल भोज खाएर आउने भए देउवाको प्रधानमन्त्रीको हैसियतमा चौथो भारत भ्रमण पनि गुलामीको पराकाष्ठा बाहेक केही हुन सक्दैन।

त्यसै गरी भारत चीन बिचका नयाँ बिवादका बिषयहरु र नेपालको तटष्ठता बारे पनि भारत संग बैचारिक बहश गर्नु र बिगतका असमान सन्धि सम्झौता खारेज गर्न आफ्नो माग देउवाले जोडदार रुपमा राख्छन् भन्नेमा सर्वत्र शंका छ। किनकी मर्यादा बिर्सिएर मध्यरातमा लैनचौरमा भोज खान गएर पद र क़द बचाउन शरण पर्नेहरुकै प्रतिनिधि पात्र हुन् देउवा ।

देउवाले लगाएको कलंकको टिका मेट्न प्राबिधिक रुपमा धेरै काम गर्न आवश्यक छैन केवल सीमानाका समस्या तथा भारत सरकारले कुटील रुपमा सम्झौता गरेर बिगतमा बनाएका बाँधका समस्याका साथै भूपरिबेष्ठित देशका अधिकारका बारेमा नबोल्ने हो भने उनको भ्रमणको कुनै अर्थ हुने छैन, यो भ्रमण पनि मोदीबाट अनौपचारिक सपथ बाहेक केही हुनेछैन।

थाहा छ देउवाले यो सब केही गर्न सक्ने छैनन् तर एउटा ज़िम्मेवार नागरिकको रुपमा मैले दिएको सुझाव मनन गरे तीन करोड बढ़ी नेपाली र स्वयम् देउवाकै राजनैतिक जीवनका लागि राम्रो हुनेछ।

फेरि पनि भन्छु: देउवाज्यू ! बाँध र साँध मिलाउने कि ओहदाको प्रमाणपत्र बुझाउन र  भोज खान मात्र भारत जाने?