४ कार्तिक २०८३, बुधबार

माथिल्लो त्रिशुली थ्री बीको विद्युत खरिद सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिसुली थ्रि बी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) भएको छ ।

प्राधिकरण र आयोजनाको प्रवद्र्धक त्रिसुली जलविद्युत कम्पनीबीच मंगलबार पीपीएमा हस्ताक्षर भएको हो । प्राधिकरणकातर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकातर्फबाट प्रवन्ध सञ्चालक मोहनप्रसाद गौतमले पीपीएमा हस्ताक्षर गर्नु भएको छ ।

सम्झौता अनुसार आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेष्ठ १५सम्म) उत्पादन हुने १३४.८८ गिगावाट घण्टा र वर्षायाममा (जेष्ठ १६ देखि मंसिर १५ सम्म) उत्पादन हुने १५७.७१ गिगावाट घण्टा विद्युत नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । पीपीए दर वर्षायाम र सुख्खायाममा प्रति युनिट क्रमश : ४ रुपैयाँ ८० पैसा र ८ रुपैयाँ ४० पैसा रहेको छ ।

आयोजनाको निर्माण आगामी पुसबाट सुरु गर्ने लक्ष्य राखिएको कम्पनीका प्रवन्ध सञ्चालक गौतमले जानकारी दिनु भयो । ‘अहिले आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनोटको काम गरिरहेका छौं’,उहाँले भन्नुभयो ‘पुसबाट काम सुरु गरी ३६ महिनाभित्रमा सक्ने लक्ष्य राखेका छौं ।’

वित्तिय व्यवस्थापनका लागि नविल बैकको नेतृत्वमा सहवित्तियकरणमार्फत लगानी गर्न प्रारम्भिक सम्झौता भएको उहाँले जानकारी दिनु भयो । सहवित्तियकरणमा जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष र नेपाल बैक रहने छन् ।

आयोजनामा प्राधिकरण तथा नेपाल टेलिकमको ३०/३० प्रतिशत, रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालीकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयको वित्तिय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।

नुवाकोट र रसुवामा निर्माण हुने आयोजनामा प्राधिकरणले अहिले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिसुली थ्रि एको क्यास्केड आयोजना हो ।