बारा, ७ भदौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमण कर्मकाण्डी भएको बताउनु भएको छ ।
बाढी प्रभाबित क्षेत्रको निरीक्षण र राहत बितरणकालागि रौतहट जाने क्रममा बाराको सिमरामा सञ्चारकर्मीसंगको कुराकानीमा बरिष्ठ नेता नेपालले प्रधानमन्त्रीको भारत भ्रमण एजेण्डा बिहिन भएको बताउनुभयो । उहाँले भारतसंगको सम्बन्ध अझ सुमधुर बनाउनु जरुरी छ, केहि कारणले दुबै पक्षको मन भांचिएको, तराइका जिल्लाहरु ढुबानमा परेका छन, त्यसबाट मुक्त बनाउन सक्यो भने भ्रमण फलदायी हुनेछ अन्यथा कर्मकाण्डी हुनेछ भन्नुभयो ।
सरकारले सदनमा पेस गरेको संबिधान संशोधनको प्रस्ताब जनताको हितमा नभएका कारण बिफल भएको दावी गर्दै सरकार पक्ष र मधेसवादी दलसमेतको प्रस्तावको बिपक्षमा रहेको उहाँको दाबी थियो । पहाडमा पहिरो गइरहेको छ, तराई बाढीबाट आक्रान्त छ, जनताका घरहरु डुबानमा छन, राहतको आवश्यकता छ, यस्तो परिस्थितीमा संविधान संशोधनको कुनै औचित्य नभएको जिकिर गर्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले तराई मधेसमा एमालले गरेको कामको प्रशंसा भइरहेको उल्लेख गर्दै तराईमा बाढी आउदा सबैभन्दा बढी सहयोग गर्न एमाले लागेको, सबैभन्दा बढी पैसा उठाएर राज्य कोषमा बुझाएको दाबी गदै एमालेका बिरोधीहरुले बिरोध गर्नुको कुनै औचित्य नरहेको भन्दै अघि थप्नुभयो ।
बरिष्ठ नेता नेपालले सरकारले मंसिर १० गतेका लगि घोषण गरेको केन्द्र र प्रदेशको चुनाब निर्वाचन आयोगले एकैदिन गर्नसक्ने र त्यसका लागि एमालेले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य बंसिधर मिश्र, केन्द्रिय सदस्य लालबाबु यादब, दिनेब राई, प्रदेश कमिटी सदस्य भरत खड्का, पर्साका अध्यक्ष प्रभु हजरा, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, कमलेस झा, कृष्ण खनाल लगायतको उपस्थिती रहेको थियो ।
यसैबीच आजै रामअवतार खण्डेवालले रौतहटका बाढीपीडितहरुका लागि १५० बोरा चामल सहितको १ ट्रक राहत सामाग्री नेता नेपाललाइ हस्तान्तरण गर्नुभएको छ ।












प्रतिक्रिया