१० मंसिर २०८३, बिहिबार

विमलेन्द्र निधिलाई कार्यबाहक दिएपछि कांग्रेसमा खैलाबैला, पौडेल समूह आक्रोशित

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई कार्यबाहक सभापति बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आक्रोश पोखेका छ ।

पार्टीभित्र कुनै छलफल नै नगरी देउवाले एकलौटी ढंगबाट ‘जुनियर’ निधिलाई कार्यबाहक दिएको भन्दै पौडेल समूह आक्रोशित बनेको हो ।

पार्टीभित्र कुनै छलफल नगरी सभापतिज्युले के गर्न खोज्नुभएको हो भनी प्रश्न गर्दै नेता पौडेलले एकलौटी प्रवृति बढिरहेकोमा चिन्ता समेत व्यक्त गरे ।

विधान अनुसार सभापतिको अनुपस्थितिमा पार्टी उपसभापति कार्यबाहक सभापति बन्ने व्यवस्था रहेको भएपनि उपसभापति नभएको अवस्थामा छलफलका आधारमा कार्यबाहक दिनुपर्ने नेता पौडेलको भनाई छ ।