१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता, के भयो कुराकानी ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । पाँच दिने भ्रमणमा क्रममा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ भेटवार्ता भएको छ ।

दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आपसी सम्बन्ध र द्धिपक्षीय हितको विषयमा कुराकानी भएको नेपाली दूतावासले जनाएको छ ।

भेटलगत्तै मोदीले आफ्नो ट्वीटमार्फत देउवालाई स्वागत गर्दै विस्तृत कुराकानी भोलि हुने उल्लेख गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भोलि विहान राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि दुई नेताबीच औपचारिक भेटवार्ता सुरु हुनेछ । प्रधानमन्त्री देउवा र मोदीबीच भोलि हैदराबाद हाउसमा ३० मिनेट वान टु वान भेटवार्ता गर्ने कार्यतालिका छ । लगत्तै दुई देशको प्रतिनिधिमण्डलबीच एक घन्टा वार्ता हुनेछ र केही सम्झौतामा हस्ताक्षर हुनेछ ।