काठमाडौं, ७ भदौ । नेकपा (एमाले)ले केन्द्र र प्रदेशको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।
धुम्रबाराहीस्थित पार्टी मुख्यालयमा बुधबार बसेको स्थायी समिति बैठकले भदौ ११ गतेभित्र दल दर्ताका लागि निवेदन दिने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
‘केन्द्र र प्रदेशको निर्वाचनका लागि दल दर्ताको निर्णय गरेका छौँ’, उहाँले भन्नुभयो, ‘समानुपातिक उम्मेदवार बनेकाहरूलाई दोहोराएर समानुपातिक उम्मेदवार बनाइने छैन ।’
बैठकले संविधान संशोधनको विपक्षमा मतदान गर्ने सबैलाई धन्यवाद पनि दिएको छ । ‘संशोधन विधेयक फेल भएर मधेसी जनताले जितेका छन्’, उहाँले भन्नुभयो ।












प्रतिक्रिया