काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतामा छाएको निराशा हटाउन सवै दल एक भएर लाग्नुपर्ने बताउनु भएको छ ।
गणेशमान सिंह अस्पतालले स्थानीय निकायका जनप्रतिनिधिको सम्मानमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले अझै पनि राजनीतिक संक्रमणबाट मुलुक गुज्रिएकाले तीनै तहको निर्वाचन सम्पन्न गरिसकेपछि राजनीतिले नयाँ कार्स लिने बताउनुभयो ।
उहाँले निर्वाचन सम्पन्न गराउनु अहिलेको प्राथमिकता रहेकाले त्यसका लागि सवै दल एक भएर लाग्नुपर्ने बताउनुभयो ।
सिंहले सधैं निराशाजनक कुरा गरेर मुलुक समृद्धिको बाटोमा जान नसक्ने भएकाले भएका राम्रा कामको चर्चा गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय तहको अधिकार संविधानले व्यवस्था गरे अनुसार नै हुने भएकाले अधिकार कटौती नहुने बताउनुभयो ।











प्रतिक्रिया