राजविराज, ७ भदौ । तराईका जिल्लाहरूमा बाढी आएर नोक्सानी गरेको दुई हप्ता वित्न लागि सकेको छ । तर, त्यहाँका जनताले अहिलेसम्म राम्रोसँग राहत पाउन नसकेको गुनासोहरू गरिरहेका छन् ।
पहुँच भएकाले पटक–पटक राहत पाएका छन् । पहुँच नभएकाले सर्वसाधारणले भुजा र चिउरा पनि पाएका छैनन् । सानासाना बालबालिकाले राम्रोसँग खान नपाएर फोहोर पानीको भरमा बस्नु पर्ने बाध्यता आइलागेको पीडितहरूले गुनासो गरेका छन् ।
राहत वितरण गर्न जाने संघ संस्था र व्यक्तिहरूले गाडी जाने ठाउँ (सुगम)मा पुगेर राहत वितरण गरेर सेल्फी लिएर फर्कने गरेको आरोप छ ।
बाढी प्रभावित जिल्लाका स्थानीय प्रशासनहरूले पनि राहत वितरणमा मन लगाएर ध्यान नदिएको गुनासो स्थानीयले गरेका छन् ।
सरकारले राहत उल्लेख्य रुपमा पठाएको बताए पनि बाढीपीडितहरूको अवस्था उस्तै छ । अहिले तराईका जिल्लाहरूमा एनजिओ र आइएनजिओहरूले राहतका नाममा बदमासी गर्न थालेका उजुरी समेत स्थानीय प्रशासनमा पर्न थालेका छन् ।
यतिसम्मकी राजधानीसहित मुलुकका विभिन्न स्थानमा बाढीपीडितका नाममा राहत संकलन गरेर पीडितसम्म नपुगाइ आफै खाने गरेको गुनासाहरू आउन थालेका छन् । (तस्बिर शुभनारायण यादवको फेसबुक वालबाट साभार)






















प्रतिक्रिया