काठमाडौं, ७ भदौ । दुई नं. प्रदेशको निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय पदाधिकारीहरूको बैठक आज पनि बस्दै छ ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकमा धारणा राख्न बाँकी पदाधिकारीहरूले बोल्ने कार्यक्रम रहेको महासचिव केशव झाले जानकारी दिनुभयो ।
‘बैठकमा धारणा राख्ने क्रममा छ । धेरै जसो पदाधिकारीले दुई नं. प्रदेशको चुनावलाई आन्दोलनका रुपमा प्रयोग गर्न सुझाव दिएका छन्’, उहाँले भन्नुभयो, ‘सम्भवत निर्वाचनमा जाने निर्णय हुन सक्छ ।’
मंगलबारदेखि सुरु भएको बैठकमा झण्ड ५० जना पदाधिकारीहरूले धारणा राखिसकेका छन् । संविधान संशोधन विधेयक फेल भएका विषयमा पनि राजपा नेपालले धारणा सर्वाजनिक गर्नेछ ।











प्रतिक्रिया