१ कार्तिक २०८३, आइतबार

केईएसको दोहोरो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । काठमाडौं इङलिस स्कुल (केईएस) ले प्याब्सन मध्य क्षेत्रीय कप आठौं अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ ।

सानोगौचरणस्थित घरेलु कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा केईएसले अक्सिडेन्टललाई २८–२५ ले पराजित ग-यो । केईएसका यकेन्द्र ठकुरीले २६ अंक जोडे । गर्ल्समा केईएसले भद्रकालीलाई १८–१४ ले हरायो । विजेताकी जिया थापाले ५ अंक जोडिन् ।

ब्वाइजमा हेम्सले विद्याकुञ्जलाई ४७–१४ तथा बृहस्पतिले काठमाडौं नेसनललाई १६–७ ले पाखा लगाए । हेम्सका कुशल शर्माले २० तथा बृहस्पतिका अभिजनले ७ स्कोर गरे ।

गल्र्सको अन्य खेलमा काठमाडौं जेभियरले लिटिल फ्लावरलाई २८–१२, हेम्सले अक्सिडेन्टललाई १२–५, अल्बर्टले इन्द्रधनुषलाई ११–४, चाँदबागले साबलाई २२–१० तथा एसियन पब्लिकले न्यु समिटलाई ९–४ ले पन्छाए ।

प्रतियोगिताको प्याब्सनका केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले एक कार्यक्रमबीच उद्घाटन गरे । भदौ १० गतेसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा २० र गल्र्स १५ गरी जम्मा ३५ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।