२ कार्तिक २०८३, सोमबार

नयाँ शक्तिका केन्द्रीय नेता एमालेमा प्रवेश गर्दै, बाबुराम हेरेको हेर्‍यै

63k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । एक वर्षअघि देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने उदघोषका साथ डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्ति पार्टी नेपाल छिन्नभिन्न भएको छ ।

जानकारहरू बताउँछन्, ‘सांगठानिक जीवन र मनोविज्ञान नबुझ्ने बाबुराम भट्टराईको कारण सो पार्टी यति चाँडो छिन्नभिन्न भएको हो ।’

एक नेताका अनुसार अतिविश्वासपात्र मानिएका देवेन्द्र पौडेल, कुमार पौडेल, बामदेव क्षेत्रीजस्ता जनयुद्धमा सामेल नेताहरूलाई छोडेर माओवादी केन्द्रमा नै फर्कदैछन् ।

जनयुद्धमा सामेल नभएका वा हिजो प्रचण्डको लाइनको अति पेलानमा परेका दोश्रो तहका करिव २०० कार्यकर्ता एमाले प्रवेशको तयारी गरेका छन् ।

उनीहरूले एउटा वार्ता टोली नै बनाएर एमालेका शीर्ष नेतृत्वसंग वार्ता सुरु गरेका छन् । काभे्र घर भएका नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य नन्द ढुङ्गानाले भने, ‘माओवादीजस्ता साना बामपन्थी दलमा फर्कनु वा अल्झनुको अब कुनै तुक छैन । देशका सम्पूर्ण परिवर्तनकारी, देशभक्त र बामपन्थीहरूको साझाथलो अब एमालेबाहेक अरु छैन ।’

नाम नबताउने सर्तमा भक्तपुरका अर्का केन्द्रीय परिषद सदस्यले ठूलो संख्यामा आफूहरू एमाले प्रवेशको तयारीमा रहेको बताए ।

यसैवीच नयाँ शक्तिको उक्त टोली र एमाले नेतृत्वसंग वार्ताको वातावरण बनाइरहेका एमाले नेता निर्मल भट्टराईले नयाँ शक्तिमा विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेका नेता कार्यकर्तासंग एमालेमा समाहित हुने विषयमा छलफल भइरहेको बताएका छन् ।

उनले भने, ‘उहाँहरुको एउटा ठूलो टिम चाडै एमालेमा समाहितहुदैछ ।’