काठमाडौं, ७ भदौ । सरकारले विशेष पद सिर्जना गरेर एसएसपी राजेन्द्रमान श्रेष्ठलाई डिआइजीमा बढुवा गर्ने भएको छ ।
बढुवा भएका श्रेष्ठ हाल अचेत अवस्थामा अस्पतालमा उपचाररत छन् । उनी अचेत भएको एक वर्ष हुन लागेको छ । गत साउन १५ गते उनी खेल्दाखेल्दै बेहोस भएका ढलेका थिए ।
२०४६ सालको फागुन २८ गते इन्स्पेक्टरमा भर्ना भएका उनी पहिलेदेखि नै शीर्ष तीनमा रहेका थिए । उनकै ब्याचका सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की अहिले वरियतामा टप थ्री हुँदै डिआइजी भएका छन् ।
उनको बढुवा नभएको भन्दै नकारात्मक टिप्पणी भइरहेका बेला सरकारले विशेष पद सिर्जना गरी बढुवा गर्न लागेको छ । उनलाई डिआइजी बढुवाका लागि सिफारिश गरिएको छ ।











प्रतिक्रिया