४ कार्तिक २०८३, बुधबार

दशैंका बेला सस्तो मेलाः भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा स्टक क्लिअरेन्स मेला २०७४ हुने भएको छ । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलालाई इभेन्ट सोलुसनले गर्न लागेको हो ।

भाद्र २१ गतेबाट २६ गते सम्म गर्न लागिएको स्टक क्लिअरेन्स मेलामा दशैंका लागि आबस्यक सामाग्रीहरुको कारोबार गरिने छ । कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, फ्रुट्स, मोबाइल, कस्मेटिक, इलेक्ट्रोनिक्स, फुड प्रडक्ट र होम एफिलियन्सको कारोबार हुने छ । १ सय भन्दा बढी स्टल रहने यस मेलामा दशैंकालागि आबस्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकैठाउँबाट बिशेष छुटमा पाइने आयोजकले जनाएको छ ।

६ दिनसम्म चल्ने यो मेलाका लागि ८० प्रतिशत भन्दा बढी स्टल बुक भइसकेको बताउँदै इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले केहि दिनभित्र सबै स्टल बुक भइसक्ने बताए ।

उपत्यकाका काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट मेलामा सामाना किन्न सर्वसाधारण आउने अनुमान गरिएको संयोजक जोशीले बताए । ५० हजार बढी उपभोक्ता मेला स्थलमा आउने अनुमान आयोजकले गरेको छ ।