१० मंसिर २०८३, बिहिबार

चिनियाँ राजदूतले भेटिन प्रचण्डलाई, के भयो छलफल ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिनियाँ राजदूत यु होङ

काठमाडौँ, ६ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच नेपाल चीन सम्बन्धका विविध आयाम र हालै चिनियाँ उपप्रधानमन्त्रीले गर्नुभएको नेपाल भ्रमणका बारेमा कुराकानी भएको छ ।

अध्यक्ष दाहालको निवास लाजिम्पाटमा आज भएको भेटवार्तामा उहाँहरुबीची नेपाल र चीनबीच विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनमा भएका प्रगतिका बारेमा समेत छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

यस्तै चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणामा नेपाल सरकारले हस्ताक्षर गरिसकेको अवस्थाका बारेमा समेत कुराकानी भएको बताइएको छ । रासस