१ कार्तिक २०८३, आइतबार

गण्डकी र सगरमाथालाई उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ भदौ । गण्डकी र सगरमाथाले थ्री बाई थ्री इन्ट्रा कलेज बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । गण्डकी ब्वाइज तथा सगरमाथा गल्र्समा च्याम्पियन बने ।

ब्वाइजको फाइनलमा गण्डकीले कोशीलाई १२–७ ले पराजित ग-यो । जितमा रोशन खड्काले ७ अंक योगदान गरे । गल्र्सको फाइनलमा सगरमाथाले धौलागिरीलाई ९–५ ले हरायो । सगरमाथाकी आरती श्रेष्ठले ४ स्कोर गरिन् ।

लुम्बिनी कलेजद्वारा आयोजित प्रतियोगितामा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोशन र आरती ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता समेत बने ।

विजेतालाई लुम्बिनीका भाइस प्रिन्सिपल उज्ज्वल कोइराला र परीक्षा प्रमुख ऋषि पोखरेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा २४ र गल्र्समा ८ टिम सहभागी थिए ।