काठमाडौं । युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर र नेतृत्वदायी क्षमताको विकास लगायत उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल २०१७’को अन्तिमस्पर्धा शनिबार होटल सोल्टी क्राउन प्लाजा हुँदैछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।
कार्यक्रममा अभिनेत्री प्रियंका कार्की, सृजना रेग्मी, मिस नेपाल २०१७ अस्मी श्रेष्ठ शो टपरको रुपमा रहने छन्, । संगीतकार कालीप्रसाद रिजालको समेत बिषेश प्रस्तुति रहनेछ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय फेसन डिजाइनर रेखा मोदी मित्रुका, इटाइलिय डिजाइनर रितेश घिमिरे, नेपाली डिजाइनर एलिसा श्रेष्ठ तथा नमूना कलेजका फेसन डिजाइनरले तयार पारेका बिषेश डिजाइनका पहिरन चर्चित मोडल नेहा बानु, शशि श्रेष्ठ, जस्मिन गुरुङ, रोनाली अमात्य, प्रिज्मा कोसिन लगायतका मोडलले प्रस्तुति दिने छन् ।















प्रतिक्रिया