काठमाडौं, ६ भदौ । नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो ।
पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरुमा प्रेस चौतारी नेपालको समूह विजयी भएको छ ।
कूल एक हजार ५०८ मतदाता रहेको निर्वाचनमा एक हजार ४४९ मत खसेको थियो ।
निर्वाचित पदाधिकारीहरुमा खुला उपाध्यक्षतर्फ विपुल पोख्रेल, समावेशी उपाध्यक्ष दिलीप थापामगर, महासचिव रमेश विष्ट, खुला सचिव रामप्रसाद दाहाल, महिला सचिव लक्ष्मी पुन, आदिवासी जनजाति सचिव उदय जिएम, मधेशी सचिव शीतलप्रसाद महतो, दलित सचिव रेमबहादुर विश्वकर्मा, एशोसिएट सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्र हुनुहुन्छ ।
यस्तै, लेखा समितिको संयोजकमा रोशन पुरी विजयी हुनुभएको छ ।
भूगोलमा को–को विजयी भए ?
प्रदेश नम्बर १
चौतारी– सटेन्द्र जबेगू
युनियन– उद्दब तिमिल्सिना
प्रदेश नम्बर २
सेन्टर– देवकुमार यादव
युनियन– शैलेन्द्र झा
प्रदेश नम्बर ३
चौतारी– कृष्ण गिरी
चौतारी– द्वारिका काफ्ले
प्रदेश ४
चौतारी– रामकृष्ण ज्ञवाली
सेन्टर– नबीन कुँइकेल
प्रदेश ५
युनियन– पुरूषोत्तम सुवेदी
सेण्टर– वसन्त गिरी
प्रदेश नम्बर ६
युनियन– कलेन्द्र सेजुवाल
सेन्टर– पूर्णप्रसाद चौलागाई
प्रदेश ७
यूनियन– मीन बम
चौतारी– उत्तर विष्ट र सेण्टरका श्याम भट्टको ४५–४५ बराबर
प्रतिष्ठन शाखा
युनियन– यम विरही
प्रेस सेन्टर– टीकाराम प्रधान
उपत्यका
चौतारी– गोविन्द चौलागाईं
सेन्टर– लेखनाथ न्यौपाने














प्रतिक्रिया