३ कार्तिक २०८३, मंगलबार

सुदीपको ‘एरेञ्ज’मा नयाँ मिठास, के छ त्यस्तो कला ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भरखरै सम्पन्न भएको म्युजिक खबर अवार्ड पाएका युवापुस्ताका एरेञ्जर सुदीप सागरले नरेन्द्र प्यासीको स्वरमा रहेको ‘सम्हालेर राख्छु खुसी…’ बोलको आधुनिक गीतमा भरखर एरेञ्ज गरेका छन् । यो गीतको संगीतकार सन्तोष श्रेष्ठ हुन् ।

‘सम्हालेर राख्छु खुसी…’को एरेञ्ज छोटो समयमा गरेको र निकै उत्कृष्ठ भएको सुदीपको भनाइ छ । ‘नरेन्द्र प्यासी दाई अमेरिका जानुपर्ने भएकाले दुईदिनभित्र एरेञ्ज गरेर गीतको रेकर्ड गराउनु थियो’, उनले भने, ‘यति ठूलो गायकको गीत छाटो समयमा एरेञ्ज गर्नु मेरा लागि चुनौतीपूर्ण थियो । तर, मिहिनेत गरेर गीतमा एरेञ्ज गरेँ ।’

युवापुस्तामाझ चर्चित सुदीपले यसअघि थुप्रै गीतहरूमा एरेञ्ज गरिसकेका छन् । संगीतकार सन्तोष श्रेष्ठ, सुरेश अधिकारी, महेश खड्का, बसन्त सापकोटा, दीपक शर्मा, गोविन्दमधुर आचार्यसहितका थुप्रै नाम चलेका संगीतकारहरूका गीतमा उनको एरेञ्ज सुन्नपाइन्छ । भन्छन्, ‘सबै संगीतकारसँग काम गर्नु सहज लाग्छ । अहिलेसम्म काम गर्न कुनै संगीतकारसँग समस्या भएको छैन ।’

हरि थापा र मेलिना राईको स्वरमा रहेको ‘ओइ साइँली…’ बोलको गीत पनि उनै सुदीपले एरेञ्ज गरेका हुन् । यो गीत दर्शक स्रोतहरूले मन पराइएको उनको भनाइ छ । नाम चलेका गायक, गायिका, रचनाकार र संगीतकारसँग काम गरिसकेका सुदीपलाई व्यस्त एरेञ्जरका रुपमा लिने गरिएको छ ।

शिव परियारको स्वर, सन्तोष श्रेष्ठको संगीत र डा. अजित शाहको शब्द रहेको ‘तिम्रो संसार उज्यालो भो…’ गीतमा पनि सुदीपले एरेञ्ज गरेका हुन् । यो गीत युट्युबमा ३१ लाखभन्दा धेरै पटक हेरिसकिएको छ । यही गीतबाट सुदीपले विन्दवासिनी अवार्ड पनि पाएका थिए ।

कृष्ण रेउले र जुनु रिजालको स्वरमा रहेको ‘आज गाउँमा बिजुली चम्कियो…’ बोलको गीत पनि सुदीपको राम्रो गीतको श्रेणीमा पर्छ ।
हुन त सुदीपले फिल्मका गीतहरूमा समेत एरेञ्ज गरेका छन् । उनले रेञ्ज गरेका लालजोडी र रोल्पारोगका गीत राम्रा छन् ।

सुदीपले गुरुराजकुमार मालाकारसँग गितारको कोर्स पनि सिक्दै छन् । एरेञ्जका लागि सबै विधा आवश्यक पर्नेभन्दै उनले गितार बजाउन सिकेको प्रतिक्रिया दिए ।

गीतलाई सिङ्गारेर कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा नै सुदीपका ध्यान हुन्छ । एरेञ्ज राम्रो गर्न संगीतमा धेरै ज्ञान हुनु अनिर्वाय रहनु पर्ने उनको भनाइ छ । ‘गीतमा एरेञ्ज गर्नु धेरै गाह्रो पनि छ । धेरै सजिलो पनि छ’, सुदीपले भने, ‘कुनै कुनै गीतलाई जति गर्दा पनि मिठास आउँदैन । कुनैमा भने धेरै मिहिनेत गर्नुपनि पर्दैन ।’