३ कार्तिक २०८३, मंगलबार

मिस हेरिटेज ट्यालेन्ट शो सम्पन्न

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यूथ क्रिएसनद्धारा आयोजित मिस हेरिटेज २०१७ को ट्यालेन्ट शो सम्पन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पर्यटन बोर्डका निर्देशक मनिराज लामिछानेले यस मिस हेरिटेजले आइतबार काठमाडौंस्थित पर्यटन बोर्डमा भएको शोमा १५ प्रतिस्पर्धीले आ-आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

भुकम्पले घर भत्केसँगै आमा गुमेपछि भोगेको मानसिक पीडालार्इ वास्तविकतामा अभिनय गरेर मञ्जु शाहले सबैको मन जितिन् । यसैगरी सहभागी रूपा लामाले राष्ट्रप्रेम झल्किने कविता वाचन गरेकी थिइन् । अर्को प्रतिस्पर्धी प्रिया कालिकोटेले मुखबाट विविध बाजाको आवाज बीट बक्स प्रस्तुत गरेका थिए । सिम्रन तामाङ र सबिता सुनारले गीत गाएकी थिइन् भने निरमाया घिसिङ, बन्दना लामा मोक्तान, योशी ह्योल्मो, ज्ञानु तामाङ, संगीता तामाङ, सरिता लामा दोङ र जमुना बलामी आ-आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले मिस हेरिटेज क्वीन– २०१७ सुरु गरेको हो ।

ट्यालेन्ट शोमा निर्णयक मण्डलहरू क्रमशः पर्यटन बोर्डका कार्यकारी निर्देशक मनिराज लामिछाने, चलचित्र बिकास वोर्डका सदस्य उत्तम केसी, अभिनेता मनोज कुमार आचार्य (खुरापाती हाकिम), आर्टिष्ट नेपाल प्रमुख राज लुइटेल, सैलुङअनलाइन अफिसियल मिडियाका अध्यक्ष श्याम लाल लामा योञ्जन, प्रमुख सल्लाहकार दामोदर लामा, नृत्य प्रशिक्षक मेनका लामा, होटेल जुजुब लञ्ज एण्ड बारका प्रोपाइटर मेहेर सिंह तामाङ, एसके इन्टरटेन्टमेन्टका प्रमुख शान्त लामा र मोडल रश्मी तामाङ रहेको थिए ।

युथ क्रिएशन नेपालका अध्यक्ष रबि लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्णयक मण्डलको तर्फबाट प्रमुख अतिथि लामिछाने, अभिनेताद्धय उत्तम केसी र मनोज आचार्यले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमलार्इ संचारकर्मी बनु लोप्चनले संचालन गरेको थियो भने कार्यक्रम निर्देशक शिल्पा तामाङले धन्यवाद मन्तब्य राखेकी थिइन् ।

कार्यक्रमलार्इ मिडिया सहयोगीहरू सैलुङअनलाइन डट कम, काष्ठमण्डप टिभी, साप्तहिक पत्रिका, तामाङ भ्वाइस, इभेन्स संसार रहेका छन् भने सह–प्रायोजक अस्मिता ब्युटी पार्लर एण्ड कस्मेटिक रहेका छन् ।

सहयोगीतर्फ श्री एफबी निर्माण सप्लायर, गुडविल अमृत निर्माण, तारकेश्वर कलाकेन्द्र, भिसा भ्याली इन्टरनेशनल, जियोनी मोवाइल, मामाभान्जा गार्डेन रेष्टु, लोटस पोलिक्लिनिक, ग्रेस इन्टरनेशनल, शुभबिहानी ट्रभल एण्ड टुर्स र अाेडिसी इन्टरनेशनल अादि रहेका छन् ।