२ कार्तिक २०८३, सोमबार

संशोधनको पक्षमा भोट हाल्न भन्दै चीनकाजीले एमाले सांसदलाई ‘म्यासेज’ पठाएपछि…

13.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । व्यवस्थापिका संसदमा प्रस्तुत संविधान संशोधन विधेयकमाथि छलफल जारी रहेका बेला नयाँ कुराको खुलासा भएको छ ।

एमाले सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले आफूसहित आफ्नो पार्टीका सांसदलाई संविधान संशोधनका पक्षमा मत हाल्न भन्दै ‘म्यासेज’ पठाएको खुलासा गरेका हुन् ।

संशोधन विधेयकमाथिको छलफलमा बोल्ने क्रममा सांसद सुनुवारले संविधान संशोधन प्रस्तावका पक्षमा उभिन कांग्रेसका प्रमुख सचेतकले विहानै आफूहरुलाई म्यासेज पठाएको जानकारी गराउँदै भने– ‘केही भइहाल्छ कि, नेकपा एमाले पनि मानिहाल्छ कि भनेर पठाएको त्यो म्यासेज हामीलाई मान्य छैन ।’

यता कांग्रेस प्रमुख सचेतक श्रेष्ठले भने त्यो म्यासेज भूलबस गएको दाबी गरेका छन् । ‘मैले नियोजित रुपमा जानीजानी त्यो म्यासेज पठाएको होइन् । एउटालाई पठाउनुपर्ने अर्कैकहाँ गयो,’ उनले भने ।

संसदमा प्रस्तुत संशोधन विधेयकलाई आजै निर्णयार्थ पेश गर्ने तयारी छ । कांग्रेस माओवादी लगायत दल पक्षमा छन् भने एमाले, राप्रपा जनमोर्चा लगायत दल संशोधनको विपक्षमा छन् ।