२ कार्तिक २०८३, सोमबार

डीआईजी पदस्थापनः सर्वेन्द्र खनाललाई महत्वपूर्ण जिम्मेवारी, रमेश खरेललाई कहाँ खटाइयो ?

27.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । प्रहरी प्रधान कार्यालयले भर्खरै बढुवा गरिएका प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई जिम्मेवारी प्रदान गरेको छ । जसमा दुई चर्चित अधिकारी सर्वेन्द्र खनाललाई ट्राफिक र रमेश खरेललाई हेडक्वार्टरमै राखिएको छ ।

गृह मन्त्रालयको साउन ३२ को निर्णयअनुसार भावी आईजीपीका प्रमुख दावेदार डीआइजी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखामा पदस्थापन गरिएको छ । एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस भएलगत्तै गृहमन्त्री जनार्दन शर्माले खनाललाई प्रहरी प्रधान कार्यालयबाट तानेर ट्राफिक महाशाखाको जिम्मेवारी दिएका थिए ।

यस्तै, आईजीपीका अर्का दावेदार रमेश खरेललाई प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयको जिम्मेवारी दिइएको छ । यसअघि उनी प्रहरी प्रधान कार्यालयकै यूएन जगेडामा थिए । र, हाल उनी यूएन मिसनअन्तर्गत देश बाहिर छन् ।

यसैगरी डीआईजी बढुवामा तेस्रो वरियताका पुस्कर कार्कीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा सरुवा गरिएको छ ।