काठमाडौं, ५ भदौ । पूर्वयुवराज्ञी हिमानी शाहले भदौ ७ गते पर्सा जिल्लाका बाढीपीडितहरूलाई राहत सामाग्री वितरण गर्नु हुने भएको छ ।
हिमानी ट्रष्टमार्फत पूर्वयुवराज्ञी शाहले पर्सा जिल्लाका ५ सय घरपरिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
भदौ ७ गते पूर्वयुवराज्ञी शाहले आफै त्रिपाल, चामल, दाहाल, नुन, तेल र चिउरासहितका सामाग्री बाढीपीडितहरूलाई वितरण गर्ने कार्यक्रम रहेको छ ।
हिमानी ट्रष्टले भूकम्पबाट पीडितहरूका साथै विभिन्न दैवीविपत्तीमा परेकाहरूलाई सहयोग गर्दै आएको छ ।











प्रतिक्रिया