३ कार्तिक २०८३, मंगलबार

गायिका रेनुकाको ‘तिम्रो मायाले’ किन दिदै छ एक लाख पुरस्कार ?

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका रेनुका थापा पेसाले नर्स हुन् । नर्सिङ अध्ययन गर्दागर्दै गायन क्षेत्रमा लागेकी उनले ‘तिम्रो मायामा’ बोलको गीत बजारमा ल्याएकी छिन् ।

नर्सिङको विद्यार्थी गायनमा कसरी लाग्नुभयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘गायन रुचि मेरो सानै देखिको इच्छा थियो । अहिले आएर गाउन थालेकी हुँ ।’ भविष्यमा नर्सिङ र गायनलाई सँगै लैजाने इच्छा छ कि छैन भन्ने जिज्ञासामा रेनुकाले भनिन्, ‘पेसा र इच्छा फरक फरक विषय हुन् । पेसा र आफ्नो इच्छालाई व्यक्तिको रुचिअनुसार अगाडि बढाउन सकिन्छ ।’

तर, गायिका रेनुका नर्सिङलाई भन्दा पनि गायनलाई मजबुत रुपमा अगाडि बढाउन प्रयासरत रहेको देखिन्छिन् । भन्छिन्, ‘गायनमा अलिक धेरै रुचि छ ।’

रेनुकाले ‘तिम्रो मायामा’ गीतको कभर भिडियो प्रतिस्पर्धा आयोजना गरेकी पनि छिन् । प्रतिस्पर्धामा उत्कृष्ट हुनेलाई १ लाख नगद पुरस्कार राखिएको छ ।

गीतमा समूहमा वा दुई जनाको नृत्य गरेको भिडियो सङ्स नेपालमा इमेल गर्ने उत्कृष्टलाई पुरस्कार दिइने गायिका रेनुकाले बताइन् । ‘तिम्रो मायामा’ गीतमा देशभरबाट पठाइएका उत्कृष्ट नृत्यहरूको छनोट दशैं र तिहारको बीचमा राखिने रेनुकाको भनाई छ ।

उनको तेस्रो एल्बको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । २०७० सातदेखि सांगीतिक प्रस्तुतिहरु दिन थालेकी रेनुकाका ‘फूल झैं फूलिरहनु, ‘कोशिश गरे र ‘तिम्रो मायामा गरी तीन एल्वम बजारमा छन् । यी गीतहरूमा संगीत र शब्द पनि उनकै हो ।

गायन लेखनसँगै पछिल्लो भिडियोमा उनी आफैं अभिनयमा समेत देखिएकी छन् । पछिल्लो एल्वम ‘तिम्रो मायामा’ गीत र भिडियो दर्शकश्रोताले मन पराएको रेनुकाले बताइन् । हाइटी र सुन्दर रेनुकाले आगामी दिनमा गीतहरूमा संगीत भर्ने आफ्नो योजना रहेको समेत सुनाइन् ।