२ कार्तिक २०८३, सोमबार

महिला भलिबल: शिवम् सिमेन्ट न्यु डायमन्डको मुख्य प्रायोजक, वार्षिक ८ लाखको सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ । नेपालको लोकप्रिय सिमेन्ट शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो ।

शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेड लिमिटेडका सेल्स एन्ड मार्केटिङ उपाध्यक्ष सजन देवकोटा र न्यू डायमण्ड प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले हस्ताक्षर गरे ।

सम्झौताअनुसार शिवम् सिमेन्टले न्यू डायमण्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ । त्यसमा न्यु डायमन्डले आयोजना गर्ने एउटा प्रतियोगितामा शिवम सिमेन्ट मुख्य प्रायोजकको रुपमा रहनेछ । सम्झौतासँगै न्यू डायमण्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथाअफिसियलले शिवम् सिमेन्टको लोगो अंकित जर्सी लगाउनेछन ।

नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागि यती रकममा सम्झौता भएको यो पहिलो पटक हो ।

सम्झौतापछि न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका प्रशिक्षककुमार राईले भलिलबल टिमलाई थपअभिभारा थपिएको महसुस भएको बताए । लामो समयपछि नेपालको वम्बर वानसिमेन्ट सँग न्यू डायमण्डले इतिहासमै पहिलो पटक वार्षिक सम्झौता गरेको छ । यसका लागि कम्पनीका सुरेन्द्र गोयललाई धन्यवाद ।’ राइले थपे, हामीलाई अझ राम्रो गर्ने चुनौती थपिएको छ । आजसम्म जस्तो खेलेका छौँ। त्यसमा दोब्बर राम्रो प्रदर्शन गर्ने र नेपाली भलिलबमा नयाँ आयाम थप्ने हाम्रो लक्ष्य छ ।’ वार्षिक प्रायोजन पाएपछि उत्साहित हुँदै राईले भने । ‘अब कसरी नेपाली भलिबलमा अझै तहल्का मच्चाउने भनेर सोच्न थालिसकेका छौँ । यस्तै आगामी दिनमा कसरी अगाडी बढ्ने र राम्रो प्रदर्शन गर्ने भनेर खेलाडी नानीहरुसँग समेत छलफल गरिरहेका छौँ ।’

यस्तै शिवम् सिमेन्टकासजन देवकोटाले सिमेन्ट उत्पादनमा नो कम्प्रमाइज भनेजस्तै खेलकुदमा पनि सामाजिक उत्तरदायित्वको रुपमा सहयोग गरेको र न्यू डायमण्डसँग जोडिन पाउदाअझै खुशी लागेको बताए ।

खेलप्रेमीले हैसितयतले हामीले न्यू डायमण्डको खेल हेरिरहेका थियौं । एक जना साथिले हाम्रो नाराजस्तै न्यू डायमण्डका खेलाडीले पनि खेलमा कम्प्रमाइज नगरी लागेको भन्नुभयो र हामीपनिसिरियस भएर सोच्यौँ र खेलमा केहीगर्नु छ भने न्यू डायमण्डलाई नै गर्नुपर्छ भनेर सहकार्य गरेका हौँ ।’

देवकोटाले शिवमले जिम्मेवारी उच्च स्तरकवसिमेन्ट उत्सादनगर्नु भएजस्तै न्यू डायमण्डको जिम्मेवारी उच्च स्तरको खेल पसुकनु भएको र दुवै पक्षकको जिम्मेवारी मिलेको प्रतिक्रिया दिए ।

अहिलेसम्म व्यापसायिकताकै कमीले गर्दा नेपालीभलिबल अगाडी बढ्न नसकेको उदाहरण दिदै देवकोटाले अब खेलकुदमा पनि व्यावसायीहरुले लगानी गर्न थालेको र व्यावसयीकता भित्रेपछि मात्र खेलकुद राम्रोसँग अगाडी बढ्ने बताए ।

उनले म्याराथन समेत पहिलो पाइलाबाटै अगाडी बढ्ने उदाहरण दिदै भलिबलमापनिविस्तारै सहयोग बढाउदै लैजाने बताए । सुरुवात नै ठूलो कुरा हो। खेल राम्रो भएपछि अरुले पनि सहयोग गर्दै जानेछन् र यो रकममापनि बृद्धि हुँदै जानेछ ।’

यस्तै नेपालभलिबल संघका उपाध्यक्ष रन्जन खड्का र महासचिवजितेन्द्र बहादुर चन्दले नेपालीभलिलबलको लागि यो सम्झँताले निकै महत्व राख्ने बताए।

उपाध्यक्ष खड्काले ६र७वर्ष अगाडी न्यू डायमण्डमा खेल हेर्न जाँदानिकै दुखको अवस्था रहेको स्मरण गर्दै आजको दिनसम्म ल्याइ पुर्याउन प्रशिक्षककुमार राईको ठूलो मेहनत रहेको बताए।

उनले देशलाई चिनाउने माध्यम खेलकुद नै भएको र सामाजिकउत्तरदायित्वका रुपमाव्यावसायीहरुले खेलकुदमाप्रायोजन गरेको बताए।

यस्तै नेपालभलिबल संघका महासचिवचन्दले नेपालीभलिबलमा अब राम्रो दिन सुरु भएकव र राम्रो खेल्यो भने प्रायोजकपनिआँफै आउने बताए।

प्रशिक्षककुमार राईले अब छिट्दै राष्ट्रिय स्तरको खुला महिला भलिबलको मिति तोकेर भव्य रुपमा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।