१० मंसिर २०८३, बिहिबार

उत्तर कोरियाको भ्रमण सकेर फर्किए एमाले नेता नेपाल, प्योङयाङ के के गरे ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल उत्तर कोरियाको एक साता लामो भ्रमण सकेर स्वदेश फर्किएका छन् ।

उत्तर कोरिया सरकार (किम जोंग उन प्रशासन)को निमन्त्रणामा साउन २७ गते राजधानी प्योङयाङतर्फ प्रस्थान गरेका पूर्वप्रधानमन्त्री नेपाल आज दिउँसो काठमाडौं आइपुगेको उनका स्वकीय सचिव नितेश पौडेलले जानकारी दिए ।

नेता नेपाल उत्तर कोरिया सरकारद्वारा आयोजित ‘इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्त’ नामक कार्यक्रममा सहभागी हुन सांसदहरुसहितको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ गएका थिए ।

उक्त कार्यक्रमलाई प्योङयाङमा सम्बोधन गरेका नेता नेपालले उत्तर कोरियाली नेताहरुसँग द्धिपक्षीय हित पारस्परिक लाभ तथा सुमधुर सम्बन्धबारे छलफल पनि गरेका थिए ।

एक सातापछि स्वदेश फर्किएका नेता नेपाललाई स्वागत गर्न युवा संघकी नेतृ दिलु पन्त, एमाले नेताहरु र युवा संघको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो ।

नेता नेपालसँगै उत्तर कोरिया गएका माओवादी केन्द्रका सांसद हरिबोल गजुरेल, नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद पनि फर्किएका छन् ।