१० मंसिर २०८३, बिहिबार

मोदीका सल्लाहकारले भने- नेपाल-भारत सम्बन्धमा केटी पनि छ, जागिर छ, सम्पत्ति पनि छ

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड (एनएसएबी) का सदस्य जयदेव रानडेले नेपाल भारतबीचको सम्बन्धमा सबथोक रहेको टिप्पणी गरेका छन् ।

नेपालको चीनसँगको सम्बन्ध खास नरहेको भन्दै चिनियाँ मामिला विज्ञ मानिने रानडेले भने– ‘नेपाल र भारतबीचको सम्बन्धमा सबथोक छ । केटी पनि छ, जागिर छ, सम्पत्ति पनि छ । चीनसँग नेपालको सम्बन्धमा केही पनि छैन् ।

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा आएकै बेला दिल्लीबाट काठमाडौं आइपुगेका रानडेले आफ्नो एक अन्तर्वार्तामा नेपालको भारतसँगको सम्बन्धलाई यसरी परिभाषित गरेका हुन् ।

अन्तर्वार्तामा उनले दोक्लाम प्रकरणबारे पनि भारत सरकारको धारणा प्रस्तुत गरेका छन् ।