१० मंसिर २०८३, बिहिबार

‘भारतको बेश्यालय’का नाममा एनजिओले खायो चार लाख अमेरिकी डलर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । ज्योतिको घर–नेपाल (लाईट हाउस फाउण्डेशन नेपालले स्विडिस एनजिओ लभ नेपाल (पछि नाम परिवर्तित लभ एण्ड होप) ले सामाजिक कार्यको नाममा गैरकानूनी तथा गलत धन्धा चलाएर करोडौं रकम कुम्ल्याएको आरोप लगाएको छ ।

ज्योतिको घर–नेपालले उक्त संस्थाले नाटकीय ढंगले करिब ६ सय नेपाली चेलीहरूलाई भारतको बेश्यालयबाट उद्धार गरेको र ९ सय चेलीवेटीका लागि घर समेत सञ्चालन गरिरहेको भनेर हल्लाचलाएको आरोप लगाएको छ ।

उक्त संस्थाले सोसल मिडियामार्फत स्विडिस नागरिक, संघसंस्था तथा अन्य देशहरूसँग समेत सहयोगको लागि आग्रह गरेको र सोहीअनुसार चार मिलियन अमेरिकी डलर संकलन गरेको आरोप छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ज्योतिको घर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा स्वेडिस अधिवक्ता एनेली वेष्टरले भनिन्, ‘लभ एण्ड होपको नेपालमा कुनै घर छैन, र तिनीहरूले अहिलेसम्म कोही बच्चाहरूको उद्धार गरेका छैनन् । बास्तवमा तिनीहरूले ज्योतिको घर नेपाललाई स्पोन्सर गरेका हुन्, जसले सन् २००९ देखि नेपालमा बच्चाहरूको लागि गृह सञ्चालनमा ल्याइरहेको छ र बेश्यालयबाट पनि चेलीहरूको उद्धार गरेको छ ।’

वेष्टर नेपाल सन् २०१५ मा आएकी हुन् । भूकम्पपीडितहरूको उद्धार र राहतमा खटिन उनी नेपाल आएकी थिइन् ।

उनका अनुसार त्यही वेला वेष्टर स्विडिस गैरसरकारी संस्था लभ एण्ड होपसँग नजिक भएकी हुन् ।

जब उनले ज्योतिको घर नेपालसँग सम्पर्क गरिन त्यति वेलाउनलाई थाहा भएको कि उक्त स्विडिस संस्थाले नेपालमा गैरकानूनी ढंगले गलत काम गरिरहेको छ भनेर ।

वेष्टरका अनुसार संकलित जम्मा रकममध्येबाट ३ लाख ८० हजार अमेरिकी डलर मात्रै संस्थामा पुगेको थियो ।