१ कार्तिक २०८३, आइतबार

यती एयरको नयाँ विमानले गर्‍यो सफल परीक्षण उडान

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । यती एयरलाइन्सले साउन ३२ गतेदेखि योङगेस्ट एटीआर ७२–५०० एयर क्राफ्टको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।

काठमाडौं आन्तरिक विमानस्थलबाट शुक्रबार दिउँसो १२ः१५ बजे ४१ सदस्य सहित छुटेको विमानले भैरहवा विमानस्थलमा करिव ३ः५०मा सफलतापूर्वक अवतरण गरेको थियो ।

विमानको सञ्चालन क्याप्टेन ग्याब्रियल सी कुण्डा र क्याप्टेन रुपकुमार सिद्धिले गरेका थिए । क्याप्टेन डी आर निरौलाद्वारा लिड गरिएको उक्त फ्लाइटमा सीएएएनका प्रतिनिधी तथा प्यानल सदस्यहरूले समेत यात्रा गरेका थिए ।

सफल परीक्षण उडानको रिपोर्ट सीएएएनलाई हस्तान्तरण गरिसकिएको कम्पनीले जानकारी दिएको छ । सीएएएनबाट क्लियरेन्स प्राप्त भएसंगै तालिकासंगत उडानले निरन्तता पाउने यतीले जानकारी दिइएको छ ।

यती एयरलाइन्सले एटीआर ७२–५०० विमानको सञ्चालन पहिलो चरणमा नेपालगञ्ज र बिराटनगर मार्फत गर्नेछ । एनएसीबाटै पट्टे वित्त सहयोग प्राप्त आरटीआर ७२–५००कै दोस्रो विमान प्राप्त भएसंगै यती एयरलाइन्सले भद्रपुर र भैरहवामा समेत आफ्नो सेवा सुचारु गर्ने योजना बनाएको छ ।

यती एयरलाइन्सले आफ्नो दोस्रो विमानको स्वामित्व यही सेप्टेम्बर महिनामै प्राप्त हुने जानकारी दिएको छ । ६५ सदस्य सहित उडान भरेको परीक्षण उडानको सफलतापूर्वक सम्पन्नतासंगै निकट समयमा नै भैरहवामा दैनिक उडान सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।