मुम्बई । बलिउड नायिका रिया सेन बिहेको निर्णयमा पुगेकी छिन् । रियाले आफू यही महिनाको अन्तिमसम्म बिहे बन्धनमा बाँधिने तयारीमा रहेको बताएकी छिन् ।
भारतीय अनलाइनहरूले रियाले आफ्ना प्रेमी शिवम् तिवारीसँग बिहे गर्न लागेको दाबी गरेका छन् ।
रियाले इन्ट्राग्राममा आफू र शिवम्का तालतालका फोटा सेयर गर्ने गरेकी छिन् ।
सन् १९९१ मा ‘विषकन्या’ फिल्ममा बालअभिनय गरेकी रियाले सन् २००१ मा बनेको स्टाइल फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी हुन् ।
त्यसपछि उनले ‘अपना सपना मनी मनी’, ‘सिलसिले’, ‘सादी नं १’लगायतका फिल्ममा अभिनय गरिन् ।
चर्चित ब्यानर र स्थापित अभिनेताका साथ काम गर्ने मौका भने उनले हत्तपत्त पाइनन् । पछिल्लो समय उनी बंगाली फिल्ममा व्यस्त छिन् ।
उनले सन् २०१३ पछि हिन्दी फिल्ममा अभिनय गरेकी छैनन् । यही वर्ष उनले ‘लोन्ली गर्ल’ नामक हिन्दी भाषाको सर्ट फिल्ममा भने अभिनय गरिन् । तर, त्यो फिल्म हलमा रिलिज हुँदैन । – एजेन्सी















प्रतिक्रिया