१ कार्तिक २०८३, आइतबार

गौरिकालाई पौडीमा थप तीन नयाँ कीर्तिमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ भदौ । ओलम्पियन गौरिका सिंहले राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन शुक्रबार थप तीन कीर्तिमान कायम राखेकी छन् ।

योसँगै उनले ५ कीर्तिमान राखेकी छन् भने ६ वटा स्वर्ण पदक हात पारेकी हुन् ।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा भएको प्रतियोगितामा उनले ५० र १०० मिटर फ्रिस्टाइलको छुट्टाछट्टै प्रतिस्पर्धामा कीर्तिमान बनाएकी हुन् ।

१०० मिटर बटरफ्लाईमा पनि उनले राष्ट्रिय कीर्तिमान राखेकी हुन् ।