१० मंसिर २०८३, बिहिबार

विभाजनको संघारमा नयाँ शक्ति पार्टी, देवेन्द्र पौडेलले बनाए ध्रुवीकरण संयोजन समिति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ भदौ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल औपचारिक रुपमै विभाजनको संघारमा पुगेको छ ।

सहध्यक्ष रामचन्द्र झा र नेता रामहरि शर्माले पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा फर्किएका बेला प्रमुख नेता देवेन्द्र पौडेलको नेतृत्वमा नयाँ शक्तिभित्र विद्रोह सुरु भएको हो ।

नेतृत्वसँग असन्तुष्ट समूहले शुक्रबार पौडेलको नेतृत्वमा वृहत ध्रुवीकरण संयोजन समिति गठन गरेको छ । उनीहरुले छिट्टै राष्ट्रिय भेला आयोजना गर्ने र राजनीतिक कार्य्दिशासहितको प्रतिवेदन र घोषणा पत्र जारी गर्ने बताएका छन् ।

देवेन्द्र पौडेलको नेतृत्वमा १५ नेताले हालै ध्रुवीकरणका लागि आहृवान गरेका थिए । लगतै नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले स्पष्टिकरण सोधेका थिए ।

पौडेल समूहले छुट्टै भेला गरेर पार्टी वैचारिक कार्यदिशाको अलमल र अपष्टता रहेको भन्दै पूर्व माओवादी, मधेसवादी, जनजाति, थारु आन्दोलन समेतलाई ध्रुवीकरणका लागि फेरि आहृवान गरेको छ ।

पौडेलसँगै ध्रविकरणको आह्वान गर्नेमा बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना, सविन्द्र सुनुवार, ललित ठगुन्ना र कुलबहादुर मोक्तान रहेका छन् ।