काठमाडौं, २ भदौ । एपेक्स लाइफ स्कुल र निम्सले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् ।
एपेक्सले विस्डमलाई १८–१४ ले पराजित ग¥यो । एपेक्सका पवन शाही ठकुरीले ८ अंक जोडे । निम्सले द एक्सेल्सियर स्कुललाई ३३–१२ ले हरायो । निम्सका लागि सुमन बोगटीले १३ अंक जोडे ।
सिनियर ब्वाइजमै आयोजक रेडिअन्ट पब्लिकले मन्दलालाई ३५–५, ग्रिनफिल्डले राइजिङ स्टारलाई २५–१४ र जेनिथले ज्योति एकेडेमीलाई ३७–१३ ले पन्छाए । रेडिअन्टका सुजन थपलियाले १२, ग्रिनफिल्डका समिक खत्रीले १० र जेनिथका रुसान महर्जनले १८ स्कोर गरे ।
जुनियर ब्वाइजमा ग्रिनफिल्ड, हिमालयन एकेडेमी, रेडिअन्ट र निम्सले सफलता आत्मासात् गरे ।
ग्रिनफिल्डले साइन मोडेललाई १८–६ ले निराश पा-यो । जितमा उमेश दाहालले ८ अंक योगदान गरे । मनोज घिसिङको ६ अंक सहयोगमा हिमालयनले एक्सेल्सियरलाई १८–१२ ले पाखा लगायो ।
राज रोकाको १० अंक सहयोगमा रेडिअन्टले पुष्पसदनलाई २२–१६ ले हरायो । निम्सले एआईमाथि १४–२ को जित दर्ता ग-यो । निम्सका दीपेश सेती मगरले ७ अंक जोडे ।















प्रतिक्रिया