हेटौँडा, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आज दोस्रो दिन पनि बस्दैछ ।
हेटौँडाको एक होटेलमा बिहीबारदेखि सुरु भएको बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको समसामयिक विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
‘बैठकमा पार्टी विभाज, २ नं. प्रदेशको निर्वाचन, संगठन सुदृढीकरण, संविधान संशोधन आदिका विषयमा छलफल चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘नेताहरूले दिएको धारणाका आधारमा सम्भवत भोलि शनिबार निर्णयहरू गरेर बैठक सम्पन्न हुनेछ ।’
पार्टी विभाजन भएपछि सो विषयमा समीक्षा गर्न अध्यक्ष कमल थापाले केन्द्रीय कार्यसमितिको बैठक आफ्नो गृहनगर हेटौँडामा बोलाएका हुन् ।
धारणा राख्ने अधिकांश नेताहरूले संविधान संशोधनको विपक्षमा सुझाव दिएको सहायक महामन्त्री बर्तौलाले बताउनुभयो ।
‘सत्तापक्ष राप्रपा फुटाउन लागेको आरोप केन्द्रीय सदस्यहरूले लगाउनु भएको छ’, बर्तौलाले भन्नुभयो, ‘सत्तापक्ष संशोधनलाई पारित गराउने पक्षमा नै छैन । यस्तो अवस्थामा कसरी विधेयकलाई सहयोग गर्ने ? भनेर प्रश्न उब्जिएको छ ।’











प्रतिक्रिया