४ कार्तिक २०८३, बुधबार

वर्ल्डलिंक सेवा अझ नजिक, अब नयाँ शाखा बानेश्वरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको नयाँ शाखा काठमाडौंको बानेश्वरमा खुलेको छ ।

नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा सुपरिचित भई संचार जगत्मा राम्रो र छिटो सेवा दिदै आएको वर्ल्डलिङ्कले ग्राहकवर्गको आकर्षणलाई ख्याल राख्दै समय सापेक्ष ग्रहकवर्ग माझ भरपर्दो सेवाको अनुभव दिलाउदैँ संचार प्रवाह उत्कृष्ट बनाउने लक्ष्यसाथ सेवालाई गुणस्तरीय, छिटो र छरितो बनाउन विभिन्न नयाँ शाखा विस्तार गर्ने योजना स्वरुप आज नयाँ बानेश्वरस्थित नयाँ शाखा संचालनमा ल्याएको हो ।

नयाँ शाखा विस्तार पश्चात् ग्राहकहरुले वल्र्डलिङकसँग सजिलै आवद्ध भई सेवा लिने र सजिलै नगद भूक्तानी गर्न सक्नेछन् । यतिमात्र नभई विभिन्न शाखा विस्तार पश्चात् देशका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसहरुले सजिलै वल्र्डलिङकको सेवा तथा सुविधालाई बुझ्दै प्रयोगमा ल्याउन सक्ने छन् । यसबाट कम्पनी र सर्वसाधरण दुबैलाई फाइदा पुग्ने प्रारम्भिक अनुमान रहेको छ । साथै १ बर्षको इन्टरनेट सेवा अग्रिम बुकिङ्ग अथवा जडान गर्ने ग्राहकहरुलाई २ महिना निशुल्क सेवा उपलब्ध गराइने प्रावधान रहेको छ । यो योजना भाद्र १ देखि ७ सम्म उपलब्ध गराइने छ ।

हालमा वल्र्डलिङकको ६ वटा शाखा काठमाडौँ भित्र र २१ वटा शाखा काठमाडौं बाहिर रहेकोमा आगामी दिनमा १५ वटा शाखा काठमाडौं भित्र स्थापना गरी काठमाडौं बाहिर आवश्यकता अनुसार स्थापना गर्ने लक्ष्य रहेको छ ।