२ कार्तिक २०८३, सोमबार

जिल्ला प्रहरीमा ठकुरीवाद हावी भएको गुनासो, मन नपरेकालाई ठेल्ने र पेल्ने नीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १ भदौ । जिल्ला प्रहरी कार्यालय कैलाली अन्तरगत खटाईने प्रहरी ईन्चार्जहरु अधिकाशँ नातापाताकालाई काखी च्यापेर मन नपरेकालाई अन्यत्रै शरुवा गर्ने गरेको गुनासाहरु सुनिन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले नगर क्षेत्रमा ठकुरीवाद समेत हावी गरेको आरोप प्रहरी वृत्तमा गुनासाहरु सुनिन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमूख अर्जुन चन्द ठकुरीले आफुलेभने जस्तो मानिस वडा प्रहरी लगायतका पायक पर्ने प्रहरी कार्यालयमा स्थापित गर्ने गरेको समेत गुनासो सुनिन थालेको छ ।

स्रोतका अनुसार धनगढी उपमहानगरको वडा प्रहरी कार्यालय धनगढीमा प्रहरी नायव नीरिक्षकको दरबन्दी हुँदा हुँदै सो स्थानमा डिआईजी जय बहादुर चन्दका पालामा प्रहरी नीरिक्षक मनोहर भटट्, दिपेन्द्र पाललाई ल्याउने कार्य विगतमा भए पछि वडा प्रहरीमा दरबन्दी भन्दा माथिल्लो दर्जर्को व्यक्तिलाई ल्याउने कार्यको शुरुवात भएको देखिन्छ ।विगतमा वडा प्रहरी कार्यालयमा दरबन्दी भएका प्रहरी नायव नीरिक्षक बज्जिर सिंह धामीलाई २०७४ माघ १३ गते त्यहाँबाट हटाएर सेती अञ्चल प्रहरी कार्यालयमा थन्काइएको छ । भने उनि त्यहाँबाट हटाइएपछि उनको ठाउँमा प्रहरी नायव नीरिक्षक सन्दिप शाहलाई ल्याइएको थियो ।

दुई दिन पहिले मात्रै वडा प्रहरी कार्यालय धनगढीबाट जिल्ला झिकाइएका प्रहरी नीरिक्षक जयसिंह बिष्टको स्थानमा एसपि अर्जुन चन्दठकुरीको सिफारिसमा शाह त्यहाँ धेरैदिन नबसेपछि उनलाई त्यहाँबाट उठाएर त्रिनगर भन्सार कार्यालयमा ईन्चार्ज बनाएर पठाइएको बताइएको छ ।

त्रिनगर भन्सार प्रहरीका लागि चिल्लो हात गर्न सकिने स्थानको रुपमा लिइन्छ । यस्तै बढी कमाई हुने र विधिवत तस्करी हुने कैलाली जिल्लाको मध्यवति क्षेत्रमा अवस्थीत काला कुण्टामा पनि प्रहरी नायव नीरिक्षक लक्षमण चन्दलाई खटाइएको बताइएको छ । यस्तै रातारात अवैध काठ ,मल,भारतीयक्षेत्रबाट अबैधरुपमा मालसमान र कुखुरा आयात हुने धनगढी नगर क्षेत्रमा पर्ने कनरीमा पनि प्रहरी नायव नीरिक्षक वीर बहादुर मल्ललाई खटाइएको छ ।

यस्तै जुगेडा जहाँ भारतीय क्षेत्रबाट दैनिक अववैध रुपले मालसमानहरु धनगढी भित्रिने गर्दछ त्यहाँबाटमा पनि प्रहरी नायव नीरिक्षक धर्मानन्द जोशीलाई हटाएर उनको ठाउँमा असई दिपेन्द्र चन्दलाई खटाइएको थाहा भएको छ । गेटा अस्थाई प्रहरी पोष्टमा पनि पूर्ण बहादुर चन्दलाई खटाइएको छ । गेटा पोष्टपनि प्रहरीका लागि निकै लाभ लिन सकिने पोष्टका रुपमा हेरिन्छ । जहाँबाट काठ, तस्करीका मालसमानहरु अत्तरिया ओहोर दोहोर हुने गर्दछन् । यस्तै भारतीय क्षेत्रबाट दैनिक लाखौं रुपैयाको अवैध मालसमान आउने र भारतीय नम्बर प्लेटका सवारी साधनहरुमा समेत मालसमान ओहोर दोहोर हुने र प्रहरीले बैद्य र अवैध रुपले रकम असुली गर्ने स्थानको रुपमा रहेको त्रिनगर भन्सार नाकामा पनि प्रहरी नायवव नीरिक्षक सन्तोष शाहीलाई खटाएको बताइएको छ । चौमाला ईलाका प्रहरी कार्यालयमा पनि नरेन्द्र चन्दलाई खटाइएको बताइएको छ ।

यस्तै धनगढी बसपार्कमा पनि हालै प्रहरी असई नृप अधिकारीलाई हटाएर उनकको स्थानमा असई राम बहादुर बमलाई खटाइएको बताइएको छ । बस पार्कमा भने असईको स्थानमा असई
राखेको पाइएतापनि अन्य क्षेत्रमा अन्यायपूर्ण कार्य भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले ईनेष्पेक्टर तहको कर्मचारीलाई तत्काल सरुवा गर्न नसक्ने अवस्थामा कुनै न कुनै खोट औल्याएर डिआईजी व अञ्चल प्रहरी प्रम्रख सम्म कुरा पुगाएरनै हटाउने र सो स्थानमा आफुले मन पराएको व्यक्तिलाई ल्याउने कार्य गर्ने गरेको पनि स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी र अञ्चल प्रहरी कार्यालयबाट केही संख्यामा खटाइने घुमुवाहरुले धनगढीका विभिन्न व्यापारिक पर्म, अबैध मालसमान ओसार पसार गर्ने व्यक्ति, हार्डव्ययर, कपडा पसल, होटल, डान्सबार, कवाडी व्यवसायी, चिनी तस्करहरुबाट मासिक रुपले पैसा असुल्ने गरेको पनि स्रोतले बताएको छ । घुमुवा प्रहरीले चोरी, अपराधिक क्रियाकलापलाई निन्त्रण गर्ने नभई जिल्ला,वडार अञ्चल प्रहरकिा लागि रकम असुलि गर्ने गरेको स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटाइएका प्रहरी हवल्दार कामदेव भण्डारी र किशन सिंह बुडालले धनगी क्षेत्रमा रकम असुली गर्ने गरेको बताइाको छद्ध । उनिहरुले दैनिक जसो भन्सार क्षेत्र र अवैद्य तस्करी हुने क्षेत्रमा मात्र गस्ती गर्ने र साँझ पख खल्ती गरम गरेर मात्र फिर्ता हुनेगरेको बताईन्छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमूखख अर्जुन चन्द ठकुरी भन्छन्— मैले नातावाद पनि गरेको छैन, नत कसै संग एक पैसा असुलेको छुँ । उनि भन्छन् पेल्ने र नातावाद भयो भनेर भन्ने को प्रहरी हो मलाई देखाउनुस् त्यसलाई थुनि दिन्छु ।

तपाईले नतावाद भएन भन्नु भयो तर अधिकाँश तपाईले खटाएका प्रहरी चौकी र बिटहरुमा ठकुरी, चन्द शाह, बम र मल्ल लगायतका थरीका मानिसहरु छन नी तछ भन्ने प्रश्नमा उनले भने चित्त बुझ्दो जवाफ दिएनन् ।