काठमाडौं । नायिका एवम् मोडल उषा खनालले नयाँ फिल्मका लागि तयारी भइरहेको बताएकी छिन् । म्युजिक भिडियोहरूमा खेल्दै आएकी उषाले भनिन्, ‘नयाँ प्रोजेक्टका लागि कुराकानी भइरहेको छ । सायद छिटै फिल्म शूटिङ हुन्छ ।’
सुरुवाती दिनमा म्युजिक भिडियो खेलेकी उषाले नेपाली फिल्महरूमा राम्रो अभिनय गरेको बताउँछिन् । ‘फिल्महरू खेले तर, चित्त बुझ्नो अभिनय गर्न पाएकी छैन’, उनले भनिन्, ‘मन पर्ने स्क्रिप्ट पाएकी छैन ।’
अविवाहित उषाले कहिले विवाह गर्ने हुन् त्यसबारेमा केही बताउँदिनन् । भन्छिन्, ‘विवाह कहिले गर्ने केही भन्ने अवस्था छैन । भाग्यमा जहिले लेखेको छ त्यहीले विवाह हुन्छ ।’ विवाहका लागि घरपरिवारमा दवाव रहेको उनको भनाइ छ ।
मन पराउने त धेरै होलान् नि ? भन्ने प्रश्नको जवाफमा उषाले भनिन्, ‘अलिअलि छन् । त्यस्तो धेरै होइन । कलाकार भएपछि मन पराउने त भइहाल्छन् नि ।’















प्रतिक्रिया