१० मंसिर २०८३, बिहिबार

माओवादीमा प्रवेशको तयारीमा रहेका झा र शर्मामाथि बाबुरामले गरे कारवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । नयाँ शक्ति नेपाल पार्टीले सहअध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मामाथि कारवाही गरेको छ ।

पछिल्लो समय माओवादी केन्द्र फर्कने तयारीमा रहेका झा र शर्मालाई नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले पार्टीको जिम्मेवारीबाट मुक्त गर्दै निष्कासन नै गरेका हुन् । झा र शर्मालाई संघीय परिषद् सदस्यलगायत सबै जिम्मेवारीबाट मुक्त गरेको नयाँ शक्तिद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख छ ।

यसअघि दुबै नेताले लाजिम्पाटस्थित निवासमा प्रचण्डसँग भेट गरी माओवादी केन्द्रमा फर्कने सहमति गरिसकेका छन् ।